maltepe escort alanya escort pendik escort http://www.pendikliler.com/ bahis siteleri bahis siteleri canlı bahis jigolo arayan bayanlar jigolo istanbul jigolo olmak istiyorum jigolo ajansı beykent koltuk doseme porno izle ankara escort ankara escort ankara escort istanbul escort istanbul escort şirinevler escort ankara escort bahcesehir escort umraniye escort nakliyat nakliyat firmaları istanbul evden eve nakliyat evden eve nakliyat nakliyat
Agriculture Information & Communucation Center

कृषि सूचना तथा संचार केन्द्र

परिचय

परम्परागत कृषि पेशालाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न आम संचार माध्यमको उपयोग गरी कृषि प्रविधियुक्त सामाग्री र जानकारीमूलक सूचनाहरु कृषक, कृषि उद्यमी, प्रसारकर्ता र सरोकारवालाहरू समक्ष पु-याउने मूख्य जिम्मेवारीका साथ वि.सं. २०२२ सालमा कृषि विभाग मातहत कृषि सूचना शाखाको नाममा हालको कृषि सूचना तथा संचार केन्द्रको स्थापना भएको हो । आम संचारका विभिन्न माध्यमहरु मध्ये वि.सं. २०१८ सालदेखि बन तथा कृषि मन्त्रालयद्वारा प्रकाशन शुरु गरिएको कृषि द्वैमासिक पत्रिका लगायत अन्य पुस्तिका, फोल्डर, पोष्टर एवं कृषि डायरी वि.सं. २०२२ सालदेखि र कृषि क्यालेण्डर आ.व. २०४५/४६ देखि नियमित रुपमा प्रकाशन तथा वितरण हुँदै आएका छन् । वि.सं. २०१८ सालमा ग्राम सेवा कार्यक्रम अन्तर्गत रेडियो कृषि कार्यक्रम प्रसारण शुरु भई वि.सं. २०२३ साल मंसिर २५ देखि रेडियो नेपालबाट नियमित रुपमा कृषि कार्यक्रम प्रसारण भईरहेको छ । वि.सं. २०४६ सालदेखि श्रव्य दृष्य कार्यक्रम अन्तर्गत भिडियो डकुमेन्ट्री तयार गरी नेपाल टेलिभिजनबाट प्रसारण गराउन शुरु भएकोमा  वि.सं. २०५४ सालदेखि नेपाल टेलिभिजनबाट नियमित रुपमा कृषि कार्यक्रम प्रसारण भईरहेको छ । वि.सं. २०६२ मा केन्द्रको वेवसाईट www.aicc.gov.np  निर्माण गरी आफ्नो वेवपेजमा केन्द्रबाट प्रकाशित तथा अन्य उपयोगी सामाग्री मार्फत अनलाईन सेवा प्रदान गरिएको छ ।साठीको दशकको शुरुवातदेखि नै जिल्लास्थित एफ.एम.हरुसँगको सहकार्यमा स्थानीय परिवेश, आवश्यकता र कतिपय ठाउँमा स्थानीय भाषामा समेत कृषि कार्यक्रम उत्पादन तथा प्रसारण भईरहेका छन् ।

आ.व. २०७0/७1 देखि कृषि पत्रकारितामा क्रियाशील संचारकर्मीहरुको कृषि सूचना सम्बन्धी विषयमा पहुँच विस्तार गरी क्षमता अभिवृद्धि गर्न अन्तरक्रिया कार्यक्रम, अवलोकन भ्रमण कार्यक्रम संचालन भएका छन् ।

केन्द्रमा कृषि सूचना अभिलेखालयको रुपमा एक पुस्तकालय रहेको छ । पुस्तकालयमा वि.सं. २०१८ सालदेखि आ.व. २०६८/६९ सम्मको कृषि द्वैमासिक पत्रिकाहरुको आ.व. अनुसारको वाईन्डिङ्ग गरी अभिलेखीकरण गरिएको छ । त्यस्तै, पुस्तिका, फोल्डरहरुको बाली अनुसारको वाईन्डिङ्ग गरी राखिएको छ । केन्द्रबाट हालसम्म प्रकाशित लेखरचनाहरुको अभिलेख पुस्तिका तयार भएको छ । कृषि प्रविधि र गतिविधिमूलक भिडियो डकुमेन्ट्रीहरु एवं प्रसारित रेडियो कार्यक्रमहरुलाई केन्द्रको ईलेक्ट्रोनिक अभिलेखमा सुरक्षित गरी राखिएको छ ।

स्थानीयस्तरमा कृषि सूचना तथा सञ्चार कार्यक्रम संचालन गराउने उद्देश्यले मन्त्रालयको निर्णय अनुसार वि.सं. २०५४ साल श्रावण १ गतेदेखि पाँच वटै क्षेत्रीय कृषि निर्देशनालयहरुमा क्षेत्रीय कृषि संचार इकाईको स्थापना भई क्षेत्रीय तथा जिल्लास्तरमा संचालित कृषि सूचना तथा संचार कार्यक्रमको समन्वय तथा अनुगमन भईरहेको छ ।

सार्क क्षेत्रका मूलुकहरुले कृषिका विभिन्न क्षेत्रमा विकास गरेका प्रविधि, हासिल गरेका अनुभव र जानकारी तथा सूचनाको आदान प्रदान गरी सदस्य राष्ट्रहरुको कृषि विकासमा सहयोगी भूमिका खेल्ने कार्यमा क्रियाशील सार्क कृषि केन्द्र (SAARC Agriculture Center-SAC) को नेपालको तर्फबाट सम्पर्क संस्था (Focal Point) को रुपमा सन् २००७ बाट कृषि सूचना तथा संचार केन्द्र कार्यरत छ । केन्द्रका प्रमुख SAC गभर्निङ्ग बोर्ड सदस्य रहने व्यवस्था रहेको छ । सार्क कृषि केन्द्रबाट कृषि सम्बन्धी विभिन्न प्रविधि र जानकारीमूलक प्रकाशनहरु र CD/DVD केन्द्रलाई प्राप्त हुने गरेको छ । SAC द्वारा आयोजित गोष्ठी, तालिम कार्यक्रममा नेपालको तर्फबाट विज्ञ एवं सहभागी छनौट गरी पठाउने कार्यमा यस केन्द्रले समन्वय एवं सहजीकरण गर्ने कार्य गर्दै आएको छ ।

केन्द्रको कामलाई समन्वययात्मक रुपमा प्रभावकारी ढंगबाट संचालन गर्न कृषि प्रविधिको अनुसन्धान र प्रसार कार्यमा क्रियाशील विभिन्न निकायहरुसँगको समन्वय आवश्यक हुन्छ । यस कार्यको लागि विगतमा कृषि द्वैमासिक सम्पादक मण्डल र कृषि संचार समन्वय समिति क्रियाशील रहेकोमा हाल नेपाल सरकार (माननीय मन्त्रिस्तर) को मिति २०७०।२।२२ को निर्णय बमोजिम कृषि सूचना तथा संचार केन्द्रको कार्यहरुलाई प्रभावकारी, उपयोगी र समन्वयात्मक बनाउन केन्द्र, क्षेत्र र जिल्लास्तरमा ४ वटा कृषि संचार समन्वय समितिहरु क्रियाशील छन् ।